इ-पेन्सन सेवाका लागि आवश्यक कागजातहरु
१. कार्यालय प्रमुखद्वारा प्रमाणित अनुसूचि 17 (क)
२. अवकाश/राजिनामा स्वीकृत भएको पत्रको प्रतिलिपि
३. शूरु नियुक्ति पत्रको प्रतिलिपि
४. निवृतिभरण अधिकार-पत्र/उपदान बनाइदिने व्यहोराको सिफारिस पत्र (अध्ययन विदा, असाधारण विदा, संचित घर विदा, विरामी विदा, गयल कट्ठी,विभागीय कारवाहीको व्यहोरा, बरबुझारथ, औषधी उपचार सुविधालगायतका विवरणहरु खुलेको हुनुपर्ने)
५. विभिन्न पद वा श्रेणी तहमा भएको बढुवा/स्तरबृद्धी/तहमिलानको पत्रहरु
६. नोकरी जोडेको भए जोडेको पत्रको प्रतिलिपि
७. इच्छाएको व्यक्तिको नागरिकता प्रमाण-पत्र, राष्ट्रिय परिचयपत्र तथा नाता खुल्ने कागजको प्रतिलिपि
पेन्सन नामसारी गर्दा आवश्यक पर्ने कागजातहरु
१. मृतकको मृत्युदर्ता प्रमाणपत्र
२. नाता प्रमाणित सिफारिस
३. वैवाहिक सम्बन्ध र हकवालाहरुको (एक मात्र वा एकभन्दा बढी श्रीमान्/श्रीमती भए सोही अनुसारको स्पष्ट) विवरण सहितको सिफारिस पत्र
४. मृतक र नामसारी गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि
५. राष्ट्रिय परिचयपत्रको प्रतिलिपि
६. बैंक स्टेटमेन्ट (सोही दिन वा एकदिन अघिको मात्र)
७. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ (तीन) प्रति
८. सक्कल पेन्सन पट्टा र सोको प्रतलिपि
९. नेपाली सेवाको हकमा सैनिक ब्यारेकको सिफारिस पत्र